Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ठूला बैंकिङ घोटालामध्ये एक कर्णाली विकास बैंक घोटालाः यी हुन् मुछिएका १०९ जना(सूची)

२०८२ श्रावण १६ गते


बैंकिङ खबर/ कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको घोटाला प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, बाँकेले १०९ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सरकारी वकिल कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा बाँकेको विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्धामा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय, प्रमुख वित्त अधिकृत बेदप्रकाश सिंह ठकुरी, सञ्चालक समितिका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र, प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशकुमार रावत लगायत १०९ जनालाई प्रतिवादी बनाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाहीको दायरामा ल्याइएको हो। यस मुद्दालाई नेपालकै एक ठूला बैंकिङ घोटालामध्ये एक मानिएको छ।