Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कामना सेवा विकास बैंकमा खुल्यो रोजगारी

admin २०८२ श्रावण १६ गते
सेयर:

बैंकिङ खबर/ कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न ६ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले चार्टर्ड एकाउन्टेन्ट्स, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स, इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स तथा असिस्टेन्ट रिलेसनसिप म्यानेजर्स पदका लागि आवेदन माग गरेको हो।

बैंकले उक्त पदहरूमा आवश्यक संख्यामा योग्य उम्मेदवारहरू नियुक्त गर्न लागेको जनाएको छ। असिस्टेन्ट तहका उम्मेदवारको उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ भने अफिसर तहका लागि ३६ वर्षभन्दा बढी नहुने जनाइएको छ। साथै, सबै पदका लागि सम्बन्धित विषयमा शैक्षिक योग्यता र अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। दरखास्त दिने अन्तिम मिति २०८२ साल साउन ३० गतेसम्म तोकिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।