Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजलाई आईपीओ निष्कासनको अनुमति

२०८२ श्रावण १३ गते
सेयर:

बैंकिङ खबर/श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने अनुमति पाएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासनको अनुमति दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३२ लाख ६५ हजार ५०० कित्ता शेयर निष्कासन गर्नेछ। सो आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ।

कम्पनीले प्राप्त गरेको स्वीकृति अनुसार छिट्टै शेयर निष्कासन मिति तय गरी सर्वसाधारणका लागि आवेदन खुला गरिनेछ। यस आईपीओमार्फत कम्पनीले पूँजी संकलन गरी व्यवसाय विस्तार तथा प्रविधि सुधारमा लगानी गर्ने योजना बनाएको बताइएको छ।