Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भयाभह बन्दै बैंकिङ कसुर : एक वर्षमा १३ हजार बढी मुद्दा दायर

२०८२ श्रावण ११ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ कसुर अपराधका मुद्दा बढेको पाइएको हो । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत भन्दा बढीले बैंकिङ कसुरका घटना बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ कसुरका १३ हजार ८३७ वटा मुद्दा दायर भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिए ।

काठमाडौंमा सबैभन्दा बढी

काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै ८ हजार ८० मुद्दा दायर भएका छन्। सबै भन्दा कम भने कर्णाली प्रदेशमा २९७ वटा मुद्दा दायर भएको डिआइजी घिमिरेले जानकारी दिए। त्यस्तै, मधेश प्रदेशमा १ हजार २७८ वटा, कोशीमा १ हजार २५३ वटा, गण्डकीमा ८०६ वटा बागमतीमा ७९८ वटा र सुदूरपश्चिममा ४४३ वटा मुद्दा दायर भएको हो।

गएको आर्थिक वर्षमा ५८ हजार ४७२ वटा मुद्दा दायर हुँदा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०८०÷८१ मा भने ५९ हजार २०३ वटा मुद्दा दायर भएको थियो।