
बैंकिङ खबर/ काठमाडौं महानगरपालिका, वडा नं. २८, प्रदर्शनीमार्ग निवासी सम्झना श्रेष्ठ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक पदमा नियुक्ति भएकी छन् ।
३२ वर्षको लामो बैंकिङ करियर सम्हालेकी बैंकर श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको रूपमा आरम्भ चौतारीको संचालक समितिको १६५ औं बैठकको निर्णयले नियुक्त गरेको हो । संस्थाले उनीसँगको अनुभवबाट रणनीतिक तहमा सशक्त मार्गदर्शनको अपेक्षा राखेको छ । श्रेष्ठ बैंक तथा वित्तीय क्षेत्रका लामो अनुभवी र सम्मानित व्यक्तित्व हुन्।
उनले सन् १९९१ देखि नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेकी थिइन् । उक्त बैंकको विभिन्न विभागीय पदहरुमा मुख्य जिम्वेवारीहरु तथा अनुपालक विभागमा समेत उत्कृष्ट जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ ।
वित्तीय संस्थाले श्रेष्ठ जस्तो वित्तीय तथा संस्थागत सुशासन र प्रभावकारी व्यवसाय प्रवद्र्धनमा दक्ष व्यक्तित्वको सहभागिताले कम्पनीलाई रणनीतिक वृद्धि र पारदर्शितामा सहयोग पुग्ने विश्वास लिएको छ ।