Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब बैंक खातामा पैसा नभइ सेयर किन्न नमिल्ने

२०८२ श्रावण ६ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले अबदेखि दोस्रो बजारबाट सेयर खरिद गर्दा खरिदकर्ताको बैंक खातामा पर्याप्त रकम हुनुपर्ने व्यवस्था लागू गर्ने भएको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यस्तो व्यवस्था स्पष्ट गरिएको हो।

बोर्डले भनेको छ,“दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएमात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ।” यसले गर्दा लगानीकर्ताको खातामा रकम नभइ अर्डर हाल्ने प्रवृत्तिमा रोक लाग्नेछ र पूँजी बजार थप अनुशासित हुने अपेक्षा गरिएको छ।

त्यस्तै, प्राथमिक शेयर निष्कासन (आईपीओ) को प्रक्रिया पनि सुधारिने भएको छ। बोर्डले आस्वा प्रणालीमा सुधार ल्याउँदै आवेदन दिने बित्तिकै रकम रोक्का भई प्रणालीमै भेरिफिकेसन हुने व्यवस्था मिलाउने बताएको छ। “धितोपत्रको प्राथमिक निष्काशनमा आवेदन दिएको बित्तिकै सिडिएस एन्ड क्लियरिङ प्रणालीमार्फत आवेदन रकम रोक्का भई, बाँडफाँटपछि फुकुवा हुने प्रणाली बनाइनेछ,” बोर्डको कार्यक्रममा उल्लेख छ।

यसैगरी, गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकताको आधारमा धितोपत्र कारोबार गर्न मिल्ने कानुनी तथा प्राविधिक व्यवस्था पनि मिलाइनेछ। नयाँ नीतिका माध्यमबाट बोर्डले पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्राविधिकरूपमा उन्नत बनाउने लक्ष्य लिएको छ।