Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट साउनभित्र प्रकाशन गर्दा हुने

२०८२ असार ३२ गते

बैंकिङ खबर/बैंक तथा बित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको(चौथो त्रैमासको) एक महिनाभित्रमा वित्तीय विवरण प्रकाशन हुने सुविधा पाएका छन् । नेपाल राष्टबैंकले मौद्रिक नीतिमा आधारित सर्कुलर बुधबार जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो सुविधा दिएको हो ।

अब बैंक तथा वित्तीय संस्थाहरुले चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन(संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको ३० दिनभित्र प्रकाशन गरिसक्नुपर्नेछ । यसअघि आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्रमा यस्तो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । साबिकको व्यवस्थामा थप ९ दिनको अतिरिक्त सुविधा बैंकहरुले पाएका छन् ।

बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन(संक्षिप्त प्रतिवेदन) तोकिएको ढाँचामा हरेक त्रयमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था भएको छ । यसअघि १५ दिनको ठाउँमा ७ दिनभित्र यस्तो काम गरिसक्नुपर्ने व्यवस्था थियो ।