Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विश्व पौडेलको हस्ताक्षरवाला हजारको नयाँ नोट छापिँदै, मन्त्रिपरिषद्‌बाट निर्णय

२०८२ असार ३२ गते

बैंकिङ खबर/सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ ।