Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक, वित्तीय संस्थाले घटाए ब्याजदर, कर्जा झनै सस्तिने

२०८२ असार ३२ गते

बैंकिङ खबर/ नयाँ आर्थिक वर्षको सुरुवातसँगै अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर परिमार्जन गरेका छन्। वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा साउन महिनाको औसत अधिकतम ब्याजदर ५.६९७५ प्रतिशतमा झरेको छ, जुन असारमा ५.९०२ प्रतिशत थियो। सोही आधारमा ०.२०४५ प्रतिशत विन्दुले ब्याजदर घटेको देखिन्छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा पनि औसत ब्याजदर करिब ०.२६ प्रतिशत विन्दुले घटेको छ।

प्रभु बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत ब्याज दिँदै आएको प्रभु बैंकले साउन महिनाबाट सो दर घटाएर ४.२५ प्रतिशतमा झारेको छ, जुन हाल वाणिज्य बैंकहरूमा सबैभन्दा न्यून हो।

त्यसबिपरित स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२६ प्रतिशत ब्याजदर प्रदान गर्दै सबैभन्दा उच्च ब्याज दिने बैंक बनेको छ।

ब्याजदर यथावत् राख्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिचार्थ बैंक र एनएमबि बैंक रहेका छन्। यी बैंकहरूले साउन महिनामा व्यक्तिगत र संस्थागत निक्षेप दुवैमा परिवर्तन नगरेका हुन्।

यता, ब्याजदर वृद्धि गर्ने एक मात्र बैंक हिमालयन बैंक रहेको छ। उसले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ। त्यस्तै, संस्थागत निक्षेपमा पनि १ प्रतिशतले वृद्धि गर्दै ५ प्रतिशत पुर्याएको हो।

साउन महिनाको ब्याजदर घटोत्तरीले निक्षेपकर्ताहरूलाई प्रत्यक्ष असर गर्ने देखिए पनि बैंकहरूको कर्जा प्रवाह तथा तरलता व्यवस्थापन सहज हुने अनुमान गरिएको छ।

बैंकहरु वैशाख जेठ असार साउन
नबिल ५.७५ ५.७५ ५.७५ ५.५०
नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ५.५ ५.५ ५.२५
माछापुच्छ्रे ५.५०
हिमालयन ५.५ ६.२५ ६.२५
नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.३५
एभरेष्ट ६.६१ ६.६४ ६.५५ ६.२५
एनआईसी एसिया ६.६ ६.६ ६.५५ ६.२५
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२६
लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.५०
कुमारी ५.९२ ५.९१ ५.५१ ५.४१
सिद्धार्थ ५.७५ ५.७५ ५.७५
सानिमा ५.९५ ६.३३ ६.३३ ६.१८
एनएमबि ६.६ ६.६
प्रभु ६.१ ६.१ ६.१ ४.२५
ग्लोबल आइएमई
सिटिजन ५.६५ ५.६५ ५.६५ ५.५०
प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५
कृषि विकास ५.५१ ५.५१ ५.४५ ५.४०
नेपाल बैंक ५.१५ ५.४५ ५.४५ ५.४०
राष्ट्रिय वाणिज्य बैंक ५.५०

स्रोत : वाणिज्य बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण