
बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जोगबुडाले आज एक औपचारिक कार्यक्रमका बीच बिमा क्षतिपूर्ति रकम वितरण गरेको छ। परशुराम नगरपालिका–१२, खजुरानीस्थित खजुरानी महिला समूहकी सदस्य स्व. माया देवी खत्रीको मृत्यु भएपछि संस्था मार्फत गरिएको बिमा योजनाअनुसार क्षतिपूर्ति वितरण गरिएको हो।
स्व.खत्रीको मिति २०८१ साल फागुन ३ गते निधन भएको थियो। संस्थाले मृतकका पति तुलासिंह खत्रीलाई बिमा क्षतिपूर्ति स्वरूप रू. ५ लाख २० हजार हस्तान्तरण गरेको हो। कार्यक्रममा केन्द्र सञ्चालक कलशा कुमारी बोहराको सहजीकरणमा र लेखापाल धिरेन्द्रबहादुर खत्रीको सञ्चालनमा वितरण प्रक्रिया सम्पन्न गरिएको थियो। कार्यक्रममा सदस्य, अभिभावक तथा स्थानीय बुद्धिजीवीसहित करिब २५ जनाको उपस्थिति रहेको थियो।
शाखा प्रमुख जिवप्रकाश सुवेदीले कार्यक्रममा बोल्दै निर्धन उत्थान लघुवित्त ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको र संस्थाले कर्जा, बचतसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि उल्लेखनीय भूमिका खेल्दै आएको जानकारी दिए। उनले परशुराम र आलिताललाई कार्यक्षेत्र बनाएर संस्था २०६७ सालदेखि निरन्तर सेवा दिइरहेको उल्लेख गरे।
सुवेदीका अनुसार, विगतमा अन्य बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेको जोगबुडा क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता तथा रेमिट्यान्स सेवा प्रदान गर्दै संस्था अघि बढेको छ। उनले संस्थाले दुःखमा साथ दिने मित्रको रूपमा भूमिका निर्वाह गरिरहेको बताए।