Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिका मुख्य ८ बुँदा

२०८२ असार २७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा.विश्व पौडेलले उनको कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

-नीतिगत दर ५ बाट ४.५ प्रतिशतमा झारियो

-स्थायी तरलता दर ६.५ बाट ६ र निक्षेप सुविधा दर ३ बाट २.७५ प्रतिशत

-पहिलो पटक घर किन्नेलाई :

 २ करोडबाट ३ करोडसम्म कर्जा

 धितोमा ७० प्रतिशतसम्म पाउँदै आएकोमा अब ८० प्रतिशत

-अन्य घरजग्गा खरिदमा ऋण सीमा ६० बाट ७० प्रतिशत

-व्यक्तिलाई सेयर कर्जा सीमा १५ करोडबाट २५ करोड

-लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउनेमा पुनरावलोकन हुने

-विदेश भ्रमण जानेले लैजान पाउने डलर २५ सयबाट ३ हजारसम्म

-सीडी रेसियोको विकल्पमा लिक्विडिटी कभरेज रेसियो