December 26th, 2016

यो साता नखुल्ने भो प्रभु बैंकको सेयर कारोबार

ग्राण्ड बैंकलाई गाभेको प्रभु बैंकको कारोबार यो साता नखुल्ने भएको छ । नेपाल राष्ट्र बैंकको गत साताको विहीबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार फुकुवा गरिदिएको थियो । यो सातादेखि प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार खुल्ने पक्का भएको थियो । तर, ग्राण्ड बैंकको सेयर प्रभुमा परिवर्तन गर्ने तथा साविकको प्रभुका लगानीकर्तालाई २१ प्रतिशत प्रिमियम वापतको सेयर बितरण गर्ने काम सम्पन्न नभएपछि प्रभ्ुको सेयर कारोबार पुनः अन्यौलमा परेको हो । सम्भवतः आगामी सातादेखि प्रभु बैंकको सेयर कारोबार खुल्नेछ ।  

यसअघि प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्डतर्फको रोकेपछि धितोपत्र बोर्डले प्रभुको पनि कारोबार रोकेको थियो । साविकको ग्राण्ड बैंक र प्रभु बैंक एक आपसमा गाभिएर गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।