Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर र व्यवसायी छुट्टाउन ३ वर्षको कुलिङ पिरियडको माग

२०८२ असार २६ गते

बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकको छलफलमा बैंकर र व्यवसायी छुट्टाउने प्रक्रिया लागू गर्दा कम्तीमा तीन वर्षको कुलिङ पिरियड राखिनुपर्ने प्रस्ताव गरेकी छन्।

अर्थ समितिमा बिहीबार भएको छलफलमा उनले राज्यले नीति बनाउँदा उद्योग–व्यवसायीको सम्पत्तिमा कुनै क्षति नपर्ने गरी व्यवहारिक रूपमा व्यवस्था गर्नुपर्ने बताइन्। सांसद गौतमले भनिन्, “बैंकर र व्यवसायी छुट्टाउने कुरामा सबैको चासो छ। यदि छुट्याउने हो भने कम्तीमा तीन वर्षको समय दिइनुपर्छ, जसबाट उद्योगी र व्यवसायीहरूले आफ्नो सम्पत्ति व्यवस्थापन गर्न सकुन्।”

उनका अनुसार यसरी कुलिङ पिरियड राखेपछि बैंकर र व्यवसायीबीच स्वार्थको द्वन्द समाप्त हुन सक्ने सम्भावना बढ्नेछ। सांसद गौतमको यो मागलाई विधेयकमा समावेश गराउनुपर्ने दबाब बढिरहेको छ।