
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रकम ५ खर्ब १७ अर्ब ६० करोड रुपैयाँ थपिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ८.० प्रतिशत बढी हो । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ थपिएको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ । २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको थियो । २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो ।


