
बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले एफपीओ अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार बैंकको ९२ लाख ५० हजार ४०६ कित्ता सेयरलाई प्रतिकित्ता १६९ रुपैयाँको दरले बिक्री गर्न अनुमति दिएको हो । यो बिक्रीबाट कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको रकम प्राप्त हुनेछ । उक्त सेयर बिक्रीको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।
हिमालयनले गत माघ २८ गते एफपीओका लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले असार ८ गते आवश्यक प्रतिक्रिया पठाएपछि हिमालयले १६ गते यसको जवाफ पठाएको थियो । जवाफको ५ दिनमा बोर्डले एफपीओ अनुमति दिएको हो । हिमालयनले केयर रेटिङको बीबीबी (आईएस) रेटिङ पाएको थियो ।



