Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक निजी घरानाको कब्जामा हुँदा जनताको पहुँच बाहिर भयो : उपेन्द्र यादव

२०८२ असार २० गते


बैंकिङ खबर/ पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका १/२ प्रतिशत व्यापारिक घरानाले निजी बैंकहरू कब्जा गरेको आरोप लगाएका छन्। शुक्रबार संसद्को अर्थ समितिमा आयोजित छलफलमा बोल्दै अध्यक्ष यादवले ती घरानाहरूले बैंकिङ प्रणालीमार्फत मुलुकको सम्पूर्ण अर्थतन्त्रलाई नियन्त्रणमा लिएको दाबी गरे। उनले भने, ‘जनताले कर्जा पाउने अवस्था छैन। बैंकहरू केही निश्चित व्यक्तिका हातमा सिमित छन्। यसले आम नागरिकलाई बञ्चित बनाएको छ।’

यादवले सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको प्रभावकारिता माथि पनि प्रश्न उठाउँदै भने, ‘कृषि विकास बैंकले बैंकिङ सेवा गाउँघरमा पु¥याउन नसक्दा मिटरबाजीले बजार लिएको छ।’ उनको आरोप छ कि बैंकिङ प्रणाली जनताका लागि असफल भएको छ, जसका कारण नागरिक मिटरब्याजको चक्रव्यूहमा फस्न बाध्य छन्। यादवले सुझाए, “यदि बैंकले सहज पहुँचका साथ सेवा दिन सक्यो भने मिटरब्याजको समस्या नै रहने थिएन।” उनको भनाइमा बैंकिङ प्रणालीको पुनरावलोकन गरी जनमुखी सुधार आवश्यक देखिएको छ।