Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिमा उद्योग परिसंघको सुझाव, अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित हुन आग्रह

२०८२ असार २० गते

बैंकिङ खबर/नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइने मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको छ। शुक्रबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरेका हुन्।

परिसंघले सुझावहरू चार विशिष्ट विधामा वर्गीकृत गर्दै कुल १५ वटा बुँदागत प्रस्तावहरू विस्तृत विश्लेषणसहित पेश गरेको हो। कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले आगामी मौद्रिक नीतिले बजेटमा राखिएका लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने किसिमको हुनुपर्ने बताए।

साथै, निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन दिने, बजारमा आत्मविश्वास जगाउने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुर्‍याउने उपायहरू समेटिनुपर्नेमा उनले जोड दिए। परिसंघले उद्योग व्यवसायको प्रवर्धन, रोजगारी सिर्जना, वित्तीय पहुँच विस्तार र लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्‍याउने गरी मौद्रिक नीति बनाइनुपर्ने स्पष्ट पारेको छ।