
बैंकिङ खबर/जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले सरकारले भारतसँग आवश्यक सम्वाद गर्न नसक्दा नेपाल राष्ट्र बैंकमा भारतीय ५०० र हजारका नोट कुहिने अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन्।
उपेंद्र यादवले भने, “राष्ट्र बैंकमा भारू ५०० र हजारका नोट कुहिने अवस्थामा छन् । यो सरकारको भारतसँगको इकोनोमी डिप्लोमेसीको नतिजा हो।” उनले यो समस्यालाई सरकारले संवादमार्फत समाधान गर्नुपर्ने बताउँदै भारतमा नोटबन्दी नहुँदा नेपाली रुपैयाँ बढी खर्च हुने गरेको र नेपालमा भारू १०० भन्दा बढी ल्याउन नपाउँदा पर्यटन व्यवसायमा समस्या परेको तर्क गरे।
यसले गर्दा नेपाल-भारत बीच आर्थिक कारोबारमा असहजता र पर्यटन क्षेत्रमा असर परेको उनको भनाइ छ। यादवले सरकारलाई भारतसँग सम्वादलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेका छन्।


