Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तलाई कर्जा असुलीमा सकसः धितो लिलामी गर्दा कार्यालयमै तालाबन्दी

२०८२ असार १५ गते
सेयर:

बैंकिङ खबर/मधेश प्रदेश सिराहास्थित लक्ष्मीपुरपतारी गाउँपालिका–६ मा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । धितो लिलामी भएपछि लघुवित्त संस्थाविरुद्धको संघर्षको नाममा स्थापना भएको समिति र स्थानीयहरूले तालाबन्दी गरेका हुन्।

उनीहरुले ऋण तिर्न नसक्ने अवस्थाको दुरुपयोग गर्दै लघुवित्त संस्थाले नियतबस र अवैध रूपमा जग्गा लिलामी प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् ।

पीडित रामपरी देवीले लघुवित्त संस्थाबाट ऋण लिँदा ०–१२–३ क्षेत्रफलको जग्गा धितो राखेकी थिइन्। लघुवित्तले उक्त जग्गा लिलाम गरेपछि संघर्ष समितिको नाममा कार्यालयमा धर्ना दिँदै तालाबन्दी गरिएको हो ।

लघुवित्त संस्थाले भने ऋणको साँवा–ब्याज लामो समयदेखि नतिरेकाले नियमअनुसार लिलामी प्रक्रिया अघि बढाइएको दाबी गरेको छ । एक कर्मचारीले भने, ‘ऋण असुलीका लागि कानुनी प्रक्रिया अपनाइएको मात्र हो, कुनै अवैध कार्य गरिएको छैन।’