
बैंकिङ खबर/ पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर उल्लेख्य रूपमा घटेको छ। २०८१ सालको असार महिनामा ८.२२ प्रतिशत रहेको औसत आधार दर २०८२ सालको असारसम्म आइपुग्दा घटेर ६.१८ प्रतिशतमा झरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटेको हो। हाल दुई वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा कम रहेको छ। तीमध्ये स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९० प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर ४.९७ प्रतिशत रहेको छ।
यस्तै, ५ वटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा कम रहेको छ। तर, सबैभन्दा उच्च आधार दर भने एनआईसी एशिया बैंकको छ, जसको आधार दर ७.२३ प्रतिशत पुगेको छ।
बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि बैंकहरूले निक्षेपमा दिइने ब्याजदर घटाउने रणनीति अपनाउँदै आएका छन्। यही कारण आधार दरमा समेत गिरावट आएको हो।
बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा प्रिमियम थप गरी तोक्ने प्रचलन छ। आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि स्वाभाविक रूपमा घट्ने भएकाले, कर्जाग्राहीहरूलाई केही राहत हुने अपेक्षा गरिएको छ।
Company Name 2082 Asard 2081 Asard Diff
Standard chartered bank 4.90% 6.36% -1.46%
Rastriya Banijya bank 4.97% 6.96% -1.99%
Everest bank 5.35% 7.53% -2.18%
Nepal bank 5.76% 7.79% -2.03%
Nepal Investment Mega Bar 5.83% 8.03% -2.49%
Nabil bank 5.90% 7.62% -1.72%
Global IME bank 5.97% 8.40% -2.43%
Agricultural development bank 6.03% 8.38% -2.35%
Sanima Bank 6.26% 8.20% -1.94%
Machhapuchchhre Bank 6.35% 8.37% -1.67%
Siddhartha bank 6.35% 6.42% -1.94%
NMB bank 6.42% 6.42% -2.49%
Citizens Bank 8.53% 8.25% -2.31%
Laxmi Sunrise Bank 8.92% 9.92% -1.60%
Himalayan Bank 8.92% 9.12% -1.67%
Prabhu commercial bank 8.35% 8.35% -2.73%
Kumari bank 6.74% 9.48% -2.44%
NiC Asia Bank 7.23% 7.23% -1.90%
Average 6.18% 8.22% -2.04%




