बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न मितिमा लिएको ऋण भुक्तानी नगरेका १२६ जना ऋणीको नाम सार्वजनिक गर्दै ३५ दिने अन्तिम सूचना जारी गरेको छ।
संस्थाले सार्वजनिक सूचनामार्फत ती ऋणीलाई ३५ दिनभित्र आफ्नो सम्पूर्ण साँवा, व्याज तथा अन्य दस्तुरसहितको कर्जा रकम चुक्ता गर्न आग्रह गरेको हो।
कम्पनीले चेतावनी दिँदै भनेको छ कि तोकिएको समयभित्र भुक्तानी नभएमा प्रचलित कानुन तथा संस्थासँग गरिएको सम्झौताका आधारमा ती ऋणी र जमानीकर्तालाई कालोसूचीमा राखिनेछ। साथै, धितोमा रहेका वा नरहेका चल–अचल सम्पत्ति लिलामी गरी रकम असुल उपर गर्ने प्रक्रिया सुरु गरिनेछ।
यस सूचनामा ऋणीहरूको नाम, ठेगाना, शाखा कार्यालय तथा कर्जाको विवरणसमेत समावेश गरिएको छ। लघुवित्तले आफूबाट लिएको कर्जा समयमा फिर्ता नगर्दा संस्था मात्र होइन, अरू सचेत ऋणी पनि प्रभावित हुने भएकाले जिम्मेवार व्यवहार देखाउन आग्रह गरेको छ। सार्वजनिक नाम सूची लघुवित्तको वेबसाइट वा शाखा कार्यालयमार्फत हेर्न सकिने जनाइएको छ।




