
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरेको छ । केन्द्रीय बैंकले सोमबार एक परिपत्रमार्फत् मार्गदर्शन पुनरावलोकन सार्वजनिक गरेको हो । परिपत्र अनुसार चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनको कार्यान्वयन समयसीमा फेरि एक वर्ष पछाडि सारेको छ । अब व्यवसायीहरूलाई लिएको चालुपुँजी कर्जा निर्धारित सीमामा ल्याउन २०८३ असार मसान्तसम्मको समय दिइएको छ ।
परिपत्रअनुसार, ‘भेरियन्स एनालाइसिस’को आधारमा कर्जा समायोजन गर्ने प्रावधान २०८३ साउन १ गतेदेखि मात्रै लागू हुनेछ। व्यवसायीहरूले यसअघि नै कर्जा सीमा कार्यान्वयन अवधि थप गर्न माग गर्दै आएका थिए। हालको व्यवस्थाअनुसार वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र चालुपुँजी कर्जा लिन पाइन्छ। तर व्यवसायीहरूको एक ठूलो हिस्सा अझै यस सीमाभन्दा माथि कर्जा लिएको अवस्थामा छ।



