Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी बैंकका कर्मचारी समेत विदेशिन बाध्य भएः प्रमुख सचेतक पाण्डे

२०८२ असार ८ गते

बैंकिङ खबर/ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीहरू समेत रोजगारीका लागि विदेशिन बाध्य हुने अवस्था सिर्जना भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले अवकाश कोष सम्बन्धी सरकारले लिएको निर्णयप्रति उनले प्रश्न उठाए । ‘हाम्रो अवकाश कोष थियो, तर अब त्यो कोष पनि सरकारले तोकेको ठाउँमा २०८३ सालको असार मसान्तभित्र पठाउनुपर्ने अवस्था आयो, कर्मचारीले भनेका छन्’ उनले भने, ‘यसले कर्मचारीहरूको भविष्य अन्योलमा पारिएको छ।’

उनका अनुसार, प्रतिस्पर्धी निजी बैंकहरूलाई जस्तै सुविधा र स्वतन्त्रता नदिइकन सरकारी बैंकहरूलाई जबर्जस्ती नियन्त्रणमा राख्दा, दक्ष जनशक्ति पलायन हुने खतरा बढेको छ ।