Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तमा मर्जरः ग्रामीण विकास र समाज लघुवित्त एक हुँदै

२०८२ असार ८ गते
सेयर:

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था समान स्वापमा मर्ज हुने भएका छन् । मर्जरसहितका प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तले असार २८ गते साधारणसभा आह्वान गरेको छ।

सो सभामा दुई कम्पनी १ः१ को समान स्वापमा मर्ज गर्ने सहितका मर्जर सम्बन्धि विशेष प्रस्ताव पेश हुने छ। यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियोे ।

ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ। ग्रामीण विकासको चुक्ता पुजी ९८ करोड २५ लाख रहेको छ भने समाजको पुजी २ करोड २८ लाख ५० हजार मात्र छ।