
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले २०८२ असार ५ गते प्रकाशित विज्ञापनमार्फत ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक नेपाली नागरिकहरूलाई दरखास्त दिन आह्वान गरेको हो।
पद विवरण:
श्रेणी: सहायक
पद: कनिष्ठ सहायक
संख्या: केही (अवधारित छैन)
न्यूनतम योग्यता: एसईई वा सो सरह उत्तीर्ण
कार्यानुभव: बैंक, वित्तीय संस्था वा लघुवित्त सम्बन्धी कम्तीमा ६ महिनाको कार्य अनुभव आवश्यक
उमेरको हद:
पुरुष: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
महिला: ५ वर्षको अतिरिक्त सुविधा सहित ४० वर्ष ननाघेको
दरखास्तको अन्तिम मिति:
२०७९/०३/१९ (बिहीबार)
आवश्यक कागजात:
हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो
नागरिकताको प्रतिलिपि
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
व्यक्तिगत विवरण (Bio-data)
परीक्षा प्रणाली:
अन्तरवार्ता माध्यमबाट छानिनेछ।
छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिनेछ।
तलब/सुविधा:
संस्थाको नियम अनुसार हुनेछ।
दरखास्त बुझाउने स्थान:
कर्पोरेट कार्यालय: बुढानिलकण्ठ–७, गल्फुटार, काठमाडौं
इमेल: vacancy@matribhumimf.com.np
वेबसाइट: www.matribhumimf.com.np बाट फाराम डाउनलोड गर्न सकिनेछ।




