Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पर्यटन क्षेत्रमा बैंकहरूले बढाए कर्जा लगानी

२०८२ असार ३ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले पर्यटन सेवा क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को वैशाख १० सम्म २० वटा वाणिज्य बैंकहरूले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका हुन्।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूले १ खर्ब ९४ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

कुन बैंकले कति कर्जा प्रवाह गरे?

पर्यटन सेवा क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ। बैंकले २२ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१३ प्रतिशतले बढी हो।

अन्य शीर्ष बैंकहरू:

प्रभु बैंक: २१ अर्ब ४९ करोड ४७ लाख (२०.१०% वृद्धि)

ग्लोबल आइएमई बैंक: २० अर्ब ७३ लाख (२६.४६% वृद्धि)

प्राइम कमर्सियल बैंक: १९ अर्ब २७ करोड ४२ लाख (१६.३८% वृद्धि)

राष्ट्रिय वाणिज्य बैंक: १७ अर्ब ३३ करोड ७१ लाख (२३.१९% वृद्धि)

कुमारी बैंक: १६ अर्ब ३५ करोड ९३ लाख (१६.९४% वृद्धि)

हिमालयन बैंक: १२ अर्ब ३५ करोड २८ लाख (१०.११% वृद्धि)

लक्ष्मी सनराइज बैंक: ११ अर्ब ७६ करोड ८१ लाख (६.५४% वृद्धि)

नबिल बैंक: ११ अर्ब ६ करोड ९९ लाख (३.९७% घट)

अन्य बैंकहरूको कर्जा प्रवाह विवरण:

एनएमबि बैंक: ९ अर्ब ९१ करोड ५८ लाख

नेपाल बैंक: ९ अर्ब ५६ लाख

सिद्धार्थ बैंक: ७ अर्ब ७५ करोड ९८ लाख

नेपाल एसबीआई: ७ अर्ब ८ करोड ८६ लाख

कृषि विकास बैंक: ६ अर्ब ८६ करोड १४ लाख

सानिमा बैंक: ६ अर्ब २९ करोड ५५ लाख

माछापुच्छ्रे बैंक: ५ अर्ब ४२ करोड ९ लाख

एभरेष्ट बैंक: ५ अर्ब २३ करोड ४ लाख

सिटिजन्स बैंक: ४ अर्ब २ करोड ५४ लाख

यी सबै बैंकको कर्जा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिन्छ।

दुई बैंकको कर्जा लगानी घट्यो:

एनआईसी एसिया बैंक: २ अर्ब ८८ करोड ८८ लाख

स्ट्यान्डर्ड चार्टर्ड बैंक: १ अर्ब ७ करोड ६८ लाख

नेपालको पर्यटन क्षेत्रमा बैंकहरूको कर्जा लगानी लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो तथ्यांकले पर्यटन क्षेत्र अझै बैंकको प्राथमिक लगानी क्षेत्रका रूपमा रहिरहेको देखाउँछ, जसले आर्थिक पुनरुत्थानका लागि सकारात्मक संकेत देखिन्छ ।