२०८२ असार ३ गते

एन आई सी एशीया लघुवित्त सर्दी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ एन आई सी एशीया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सर्दी, नवलपरासी ब. सु. पु ले एक दिने ‘वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासन सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कार्यालयको तालिम तथा ग्राहक संरक्षण विभागका विभागिय प्रमुख बिमल चौधरी रहेका थिए । चौधरीले तालीमको महत्व उद्देश्य औचित्य,बचतको महत्व, कर्जा अनुशासन तथा कर्जाको सही सदुपयोगबारे प्रकाश पार्दै, यसको दुरुपयोग हुँदा हुन सक्ने कानुनी कारबाही तथा समस्याका बारेमा जानकारी गराएका थिए ।

साथै, केन्द्रीय कार्यालय गण्डकी प्रदेश प्रमुख अर्जुन कुमार पन्तले समसामयिक आर्थिक विषयहरूमा आफ्नो विचार प्रस्तुत गरेका थिए । केन्द्रीय कार्यालय अन्तर्गत कर्जा असुली विभाग सहायक अधिकृत बल बहादुर शाहीले वित्तीय चेतनाको अभावले हुने क्षति र कर्जाको सही सदुपयोग हुँदा, नहुँदा हुने फाइदा बेफाइदाको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै सर्दी शाखाकी शाखा प्रमुख सम्झना कुमाले आफ्नो शाखाको बारेमा छोटो जानकारी दिँदै शाखाले प्रदान गर्ने सेवा सुबीधाको बारेमा जानकारी दिइन् ।

कार्यक्रमको संचालन गण्डकी पर्देश अन्तर्गत मगरकोट अनुगमन कार्यालयको अनुगमन अधिकृत भुवन राज भट्टले गरेका थिए । कार्यक्रममा ५८ जनाको उपस्थिति रहेको थियो ।