
बैंकिङ खबर/ वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) बढ्दै गएको छ । २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरुको एनपीएल ३.७६ प्रतिशत र नेट एनपीएल १.०६ प्रतिशत थियो ।
चालु आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म आउँदा त्यो एनपीएल ५.०५ प्रतिशत पुगेको छ, खुद निष्क्रीय कर्जा अनुपात पनि १.६६ प्रतिशत पुगेको छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले उनीहरुको नेट एनपीएल १.६६ प्रतिशत देखाएको हो ।
चालु आवको पहिलो त्रैमासमा एनपीएल ४.२८ प्रतिशत र नेट एनपीएल १.४८ प्रतिशत थियो । दोस्रो त्रैमासमा त्यो थप बढेर एनपीएल ४.७३ प्रतिशत र नेट एनपीएल १.५८ प्रतिशत थियो । पछिल्लो समय कायम आर्थिक शिथिलताले कर्जा असुली प्रभावित भएपछि बैंकहरुमा खराव कर्जा अनुपात अर्थात् एनपीएल बढ्दै गएको छ ।
निष्क्रीय कर्जा अनुपात र खुद निष्क्रीय कर्जा अनुपात जति कम हुन्छ, त्यति नै राम्रो मानिन्छ । तथ्यांकअनुसार सबैभन्दा कम खुद निष्क्रिय कर्जा एभरेष्ट बैंकको छ । उक्त बैंकको खुद निष्क्रिय कर्जा ०।२४ प्रतिशत मात्रै छ ।
दोस्रो नम्बरमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ, समिक्षा अवधीमा उक्त बैंकको खुद निष्क्रीय कर्जा ०.२५ प्रतिशत छ । तेस्रो स्थानमा भने राष्ट्रिय वाणिज्य बैंक रहेको छ । समिक्षा अवधीमा उक्त बैंकको खुद निष्क्रीय कर्जा अनुपात १.४१ प्रतिशत छ ।
समीक्षा अवधीमा सबैभन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात भने सिटीजन्स बैंकको छ । उक्त बैंकमा कुल निष्क्रिय कर्जा अनुपात ५.७१ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने २.१७ प्रतिशतमा कायम भएको छ । अन्य बैंकको तुलनामा सिटीजन्स बैंकले प्रवाह गरेको कर्जामा धेरै जोखिम भएको देखिन्छ ।
यस्तै, प्रभु बैंकको २.१६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.०७ प्रतिशत, एनएमबी बैंकको २.०२ प्रतिशत, कुमारी बैंकको १.९३ प्रतिशत, एनआईसी एसिया बैंकको १.९२ प्रतिशत र नेपाल एसबीआई बैंकको १.८८ प्रतिशत खुद निष्क्रीय कर्जा अनुपात रहेको छ ।
यस्तै, हिमालयन बैंकको १.७९ प्रतिशत, माछापुच्छ्रे बैंकको १.७६ प्रतिशत, नेपाल बैंकको १.७५ प्रतिशत, ग्लोबल आईएमई बैंकको १.७१ प्रतिशत, सिद्धार्थ बैंकको १.६६ प्रतिशत र कृषि विकास बैंकको १.६६ प्रतिशत नै खुद निष्क्रीय कर्जा अनुपात रहेको छ ।
यस्तै, सानिमा बैंकको १.६० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.५३ प्रतिशत र प्राइम कर्मशिलय बैंकको १.४७ प्रतिशत खुद निष्क्रीय कर्जा अनुपात रहेको छ ।
कुन बैंकमा कति छ एनपीएल र नेट एनपीएल ?
| Banks | NPL (In %) |
Net NPL (In %) |
| Everest Bank Limited | 0.64 | 0.24 |
| Standard Chartered Bank Nepal Limited | 1.44 | 0.25 |
| Rastriya Banijya Bank | 4.69 | 1.41 |
| Prime Commercial Bank Limited | 5.65 | 1.47 |
| Nepal Investment Mega Bank Limited | 6.06 | 1.53 |
| Nabil Bank Limited | 4.96 | 1.59 |
| Sanima Bank Limited | 3.42 | 1.60 |
| Agriculture Development Bank | 4.98 | 1.66 |
| Siddhartha Bank Limited | 4.04 | 1.66 |
| Global IME Bank Limited | 4.98 | 1.71 |
| Nepal Bank Limited | 5.45 | 1.75 |
| Machhapuchhre Bank Limited | 4.59 | 1.76 |
| Himalayan Bank Limited | 7.68 | 1.79 |
| Nepal SBI Bank Limited | 4.06 | 1.88 |
| NIC ASIA Bank Limited | 5.75 | 1.92 |
| Kumari Bank Limited | 6.98 | 1.93 |
| NMB Bank Limited | 4.47 | 2.02 |
| Laxmi Sunrise Bank Limited | 5.86 | 2.07 |
| Prabhu Bank Limited | 5.09 | 2.16 |
| Citizens Bank International Limited | 5.71 | 2.17 |




