Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

डिप्रोक्स लघुवित्तमा खुल्यो रोजगारी, एसईई पास गरेकालाई पनि अवसर

२०८२ असार २ गते

बैंकिङ खबर/ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा ४० जना कर्मचारी माग गरेको छ। यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

अनुभवमा लघुवित्त कम्पनीमा कम्तीमा ६ महीनादेखि काम गरिरहेको हुनु पर्नेछ। कम्प्यूटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकलको लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन्।

उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ। परीक्षा लिखित र अन्तर्वाता गरी दुई चरणको हुने कम्पनीले जनाएको छ। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित असार १६ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।