Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जालाई विशेष रुपमा समेट्छः बम बहादुर मिश्र

२०८२ जेष्ठ २९ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पछिल्लो समय युवाहरु विदेशीने क्रम बढेको भन्दै आफ्नै देशमा केही गर्न सकिने बताए ।

बिहीबार काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि मिश्रले वित्तीय शिक्षा र साक्षरताका माध्यमबाट कसरी रोजगारी बन्ने भन्ने विषयमा राष्ट्र बैंकले सिकाउँदै आएको बताए ।

विदेशमा मान्छे जानै नदिने भन्ने होइन् कि नेपाल फर्कने वातावरण निर्माण गर्नुपर्ने उनले बताए । नीतिमा समन्वय गरेर अगाडि बढ्दा स्वदेशमै प्रशस्त रोजगारी सिर्जना गर्न सकिने उनले बताए । नेपालमा काम गर्ने वातावरण बनाउन राष्ट्र बैंकले सहुलियत कर्जा प्रवाहलाई विशेष रुपमा समेट्ने पनि मिश्रले बताए ।