Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको ब्याजदर ८.११ प्रतिशतमा

२०८२ जेष्ठ २८ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा आएको छ।

चालु वर्ष चैतमा यस्तो ब्याजदर ८.२२ प्रतिशत थियो। पोहोर वैशाखमा बैंकहरुको कर्जाको औसत ब्याजदर १०.३४ प्रतिशत थियो। पछिल्लो एक वर्षमा बैंकहरुको कर्जाकै ब्याजदर २.२३ प्रतिशत विन्दुले घटेको हो।

बैंकहरुको आधारदर ६.१७ प्रतिशतमा आएको छ। गत वर्ष वैशाखमा वाणिज्य बैंकको आधारदर औसतमा ८.३४ प्रतिशत थियो। चैतमा यस्तो दर ६.२९ प्रतिशत थियो।

बैंकहरुको निक्षेपको औसत ब्याजदर ४.३७ प्रतिशतमा आएको छ। पोहोर १० महिनामा वाणिज्य बैंकको निक्षेपको ब्याज औसतमा ६.३५ प्रतिशत थियो।

चैतमा निक्षेपको औसत ब्याज ४.४५ प्रतिशत थियो। बैंकहरुले साढे तीन वर्षदेखि निरन्तर निक्षेपको ब्याज घटाउँदा कर्जाको ब्याज सस्तिएको हो।