बैंकिङ खबर/ ऋण प्रक्रियामा घुस लिएको आरोपमा नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा मुद्दा दायर गरेको छ । कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको उजुरीमा छानबिन गरेसँगै अख्तियारले विशेष अदालतमा ३ वटा घुस मुद्दा दर्ता गरेका हो । अधिकारीलाई आयोगले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीबाट कर्जाबापतको कमिसन उठाउने गरेको अनुसन्धानबाट फेला परेको थियो। अख्तियारको छानबिनमा परेसँगै नेपाल राष्ट्र बैंकले पनि डा.अधिकारीलाई कारबाही गरिसकेको छ।
केन्द्रीय बैंकले अनुचित क्रियाकलाप गरेको भन्दै अध्यक्षलाई जरिवानासहित अध्यक्ष पदबाट हटाउन नेपाल बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो। योसँगै उनी अध्यक्ष पदबाट निष्काशित भएका थिए।
यस्ता छन् तीन मुद्दा