Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बुटवल पावर कम्पनीको लाभांश पारित, एफपिओ निष्काशनको प्रक्रिया अघि बढाइँदै

२०७३ पुष ८ गते
सेयर:

बुटवल पावर कम्पनीको २४औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आफ्ना सेयरधनीलाई सात प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड पुग्नेछ ।

धितोपत्र बोर्डले तोकेको शर्त तथा मापदण्ड पुरा गरेर ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव पनि साधारणसभाले अनुमोदन गरेको छ । अब, कम्पनीले एफपिओ निष्काशनको प्रक्रिया अघि बढाउनेछ ।