
बैंकिङ खबर/अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले धिताेपत्र बाेर्डलाई दबाब र प्रभावमा पार्नेहरूबाट सचेत भएर बजार विकासमा लाग्न आग्रह गरेका छन्। आइतबार बिहान बाेर्डकाे ३३औँ वार्षिकाेत्सव कार्यक्रम उद्घाटनमा उनले सेयर बजारमा भित्री काराेबार गर्नेलाई कारबाही दायरामा ल्याउन निर्देशन दिए।
उनले भने, ‘गल्ती गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ। संस्थालाई दबाब र प्रभावमा पार्ने धेरै छन्। त्यस्ताबाट जोगाएर नियमन बढाउनुपर्यो।’ अर्थमन्त्री पौडेलले पुँजी बजारकाे विकासमा केन्द्रित हुन आवश्यक रहेकाे बताएका छन्।
उनले बजारमा नयाँ उपकरण ल्याउनुपर्ने सुझाव दिए। सरकारले आगामी आवकाे बजेटबाट सेयर बजारकाे रिफर्मकाे अपेक्षा गरेकाे बताए। उनले बाेर्डकाे भुमिका गुणात्मक रूपमा सुधार गर्न चाहेकाे बताए।
नियमनले राम्रो कामलाई प्राेत्साहन गर्ने, गल्ती गर्नेलाई दन्डित गर्नुपर्ने उल्लेख गरे। यस्तै बाेर्डका अध्यक्ष सन्ताेष नारायण स्रेष्ठ ले बाेर्ड ककाे नियमन कमजाेर भएकाे भन्दै क्षमता बिस्तार गर्नुपर्ने बताए।



