Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सही किसान पहिचान गरेर मात्र ऋण दिन गभर्नर पौडेलको आग्रह(भिडियोसहित)

२०८२ जेष्ठ २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले हाल कृषि र साना व्यवसाय क्षेत्रका ऋणीहरूमा खराब ऋण बढ्दो रहेको बताएका छन् ।

रुकुम पुगेर उनले विशेषगरी पछाडि परेका तथा पहुँचविहीन किसानहरू खराब ऋणबाट बढी प्रभावित देखिएका बताए ।

उनले मौद्रिक नीतिलाई तथ्यांकको आधारमा बनाइने र नीतिगत सुधार आवश्यक रहेको पनि बताए । उनका अनुसार कृषि तथा साना व्यवसायमा संलग्न किसानहरूले लिएको ऋण फिर्ता गर्न नसकेको अवस्था बढिरहेको छ । खासगरी सडक जडान नभएको ठाउँमा रहेका किसानहरूको आर्थिक गतिविधि सीमित हुँदा उनीहरू ऋणको दायित्व वहन गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

उनले भने,‘नीति नियम स्थान र अवस्था अनुसार हेरेर बनाउनु पर्छ। माथि र तलका मान्छेमा फरक हुनु हुँदैन। मौद्रिक नीति बुझेर नै बनाउने हो, तथ्यांक अध्ययन गरेर। किसान, जनता र बैंकर्स सबैको समन्वय आवश्यक छ ।’

उनले थपे, ‘किसानलाई दिएको ऋणप्रति बैंक पनि जिम्मेवार हुनुपर्छ । सहि किसानलाई पहिचान गरेर मात्र ऋण प्रवाह गर्नुपर्छ ।’

उनका अनुसार, पछाडि परेका समुदायलाई अगाडि ल्याउनै नीतिको मूल उद्देश्य हुनुपर्ने बताउँदै, यस्तो वर्गलाई लोन दिनु अघि ‘बाँकी परिणाम के हुनेछ ?’ भन्ने दृष्टिकोण आवश्यक रहेको छ ।

उनले भने ‘मेरो बुबा पनि किसान नै हुनुहुन्थ्यो, त्यसैले म जनताको पीडा बुझ्छु। देशमै भविष्य छ भनेर आएको हुँ। पछाडि परेकालाई अघि बढाउने नीति बनाउन प्रतिबद्ध छु ।’

उनले मौद्रिक नीति र वित्तीय पहुँच समावेशी बनाउन गरिने प्रयासले दीर्घकालीन आर्थिक समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।