December 22nd, 2016

८० प्रतिशत हकप्रद जारी गर्दै नेपाल बंगलादेश बैंक, धितोपत्र बोर्डमा दियो निवेदन

नेपाल बंगलादेश (एनबि) बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  

एनबि बैंकले एक सय रुपैयाँ अंकित दरमा तीन अर्ब २० करोड ९४ लाख ६ हजार नौ सय रूपैयाँ बराबरको तीन करोड २० लाख ९४ हजार ६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । धितोपत्र बोर्डबाट अनुमति पाउने वित्तिकै सेयर बिक्री प्रक्रिया सुरु गर्ने योजना बैंकको छ । यो बैंकको सेयर निष्काशन तथा विक्रीको प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

गत वर्षको मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर जारी गरेर बैंकले चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ पुर्याएको छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।