Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक, वित्तीय संस्थाको शाखा संख्या ११ हजार नाघ्यो

२०८२ जेष्ठ १४ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार भन्दा बढी पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनीहरुको शाखा संख्या ११ हजार पाँच सय १६ पुगेको हो ।

जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार ८३, विकास बैंकहरुको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरुको दुई सय ९१ र लघुवित्त कम्पनीहरुको पाँच हजार १० वटा शाखाहरु सञ्चालनमा छन् ।

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा ११ हजार पाँच सय ३० पुगेको थियो। यस अवधीमा वाणिज्य बैंकहरूको शाखा ५ हजार ५६, विकास बैंकहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा रहेको थियो।