
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टले आफूले देश नछोडेको र छिट्टै फर्किने बताएका छन् । उनले कार्यक्रममा सहभागी हुन आफु अमेरिका आएको र छिट्टै देश फर्किने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नरमा चर्चामा आएका भट्टले कार्यकारी निर्देशकबाट राजीनामा गरे पनि उनको राजीनामा भने स्वीकृत हुन सकेको छैन् । उनको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि सत्तारुढ दलहरूले विकल्प खोजेको चर्चालगत्तै भट्ट अमेरिका गएका थिए ।