
बैंकिङ खबर/ एन आईसी एसिया लघुवित्त वित्तीय संस्था सर्दी शाखाले समूहका महिलाका लागि व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिएको छ ।
उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ३५ वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने दुई दिने तालिम दिएको हो । कार्यक्रमको विनय त्रिवेणाी गाउँपालिकाका पशु विकास अधिकृत बसन्त गौतमले उद्घाटन गरेका थिए भने एन आईसी एसिया लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत भुवन राज भट्टले मन्तव्य राखेका थिए ।
संस्थाका शाखा प्रवन्धक सम्झना कुमालले संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको बताइन् ।
यसै संस्थाका अनुगमन अधिकृत भट्टले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न सहभागिहरुलाई अनुरोध गर्दै वित्तीय साक्षेरता सम्बन्धी जानकारी दिएका थिए ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको शाखा प्रबन्धक कुमालले बताए ।
यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आयआर्जन गर्न सहयोग पुग्ने बताएका छन् । कार्यक्रमको संचालन संस्थाका कर्मचारी सन्तोस पन्तले गरेका थिए ।