Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जेठ महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर, कुनको कति ?

२०८२ बैशाख ३१ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् भने तीन बैंक नेपाल, एभरेस्ट र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् ।

तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् । समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।

कुनको कति ?

व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर

बैंक ब्याजदर %, जेठ  ब्याजदर %, वैशाख
नेपाल ५.४५ ५.१५
एसबीआई ५.५ ५.५
हिमालयन ५.५ ५.५
इन्भेस्टमेन्ट मेगा ५.५ ६.५
कृषि विकास ५.५१ ५.५१
सिटिजन्स ५.६५ ५.६५
लक्ष्मी सनराइज ५.७५ ५.७५
नबिल ५.७५ ५.७५
सिद्धार्थ ५.७५
कुमारी ५.९१ ५.९२
ग्लोबल आईएमई
माछापुच्छ्रे
राष्ट्रिय वाणिज्य
प्रभु ६.१ ६.१
प्राइम कमर्सियल ६.२५ ६.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२५
सानिमा ६.३३ ५.९५
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
एभरेस्ट ६.६४ ६.६१