Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

राष्ट्र बैंकले भन्यो-तयारी बिना लिएको कर्जा आर्थिक बोझ बन्न सक्छ

२०८२ बैशाख ३० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको सदुपयोग गर्न आग्रह गरेको छ । वित्तीय चेतनाका लागि सूचना जारी गर्दै व्यवसायको उन्नति र प्रवद्र्धनका लागि व्यावसायिक कर्जाको सदुपयोग गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकका अनुसार यस्तो कर्जा मेसिन खरिद, व्यवसाय स्तरोन्नति, अद्यावधिक, विस्तार तथा नयाँ व्यापारिक अवसर सिर्जना गर्नका लागि उपयोगी हुन्छ । तर, यस किसिमको कर्जा पर्याप्त योजना र तयारी बिना लिइएमा आर्थिक बोझ बन्न सक्ने सम्भावना रहेको जनाएको छ ।

‘व्यावसायिक कर्जा विलासिता होइन, प्रगतिको आधार हो,’ सूचनामा उल्लेख गरिएको छ, ‘त्यसैले कर्जालाई सही ठाउँमा लगानी गरौं र आर्थिक अनुशासन अपनाउँदै आफ्नो तथा परिवारको वित्तीय छवि उज्यालो बनाऔं।’ कर्जा लिनुअघि आवश्यक योजना, व्यावसायिक जोखिमको मूल्याङ्कन र तिर्न सक्ने क्षमताबारे स्पष्ट समझदारी आवश्यक रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।