
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ९ महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ ।
विवरण अनुसार आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.० प्रतिशतलेर अमेरिकी डलरमा ७.३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.३४६ अर्ब २३ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च रु.९९८ अर्ब ५२ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ४० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।