
बैंकिङ खबर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ । प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात अख्तियारले बोर्डबाट आफ्नो नियन्त्रणमा लिएको छ ।
बोर्डका सहायक प्रवक्ता टोलकान्त न्यौपानेका अनुसार अख्तियारको टोलीले आईपीओ निष्काशनको स्वीकृति माग्दै बुझाएका कागजातहरु आफ्नो नियन्त्रणमा लिएको छ ।
पाइपलाइनमा जलविद्युतका ३३ सहित ८९ कम्पनीको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ । जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आइतबार अख्तियारमा उजुरी गरेका थिए ।
मंगलबारमात्रै उनीहरुले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)सँग छलफल गरी बोर्डसँग औपचारिक जानकारी माग्ने बताएका थिए ।बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सांसदहरुले बोर्डको कमिसनको विषय छानबिन गर्न माग गरेका थिए ।