Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

धर्म माविमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता

२०८२ बैशाख २१ गते


बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.गण्डकी प्रदेश अन्तर्गत भिमाद शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

भिमाद नपा ६ धर्म माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । शाखा प्रमुख माधव प्रसाद उपाध्यायको अध्यक्षतामा सुरू भएको कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत भानु उप प्रदेश अनुगमन अधिकृत प्रभात किरण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा भिमाद नगरपालिका वडा नं ०६ का वडा सदस्य बेल बहादुर थापा, वडा नं ७ का पुर्व वडाध्यक्ष सुर्य कुमार श्रेष्ठ, धर्म माविका प्र अ मथुरा खनाल, ईलाका प्रहरी कार्यालय भिमादका हवल्दार अमृता चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शाखा कार्यालयमा आबद्ध ५१जना सदस्य तथा अभिभावकहरुलाई संस्थाले प्रदान गरेको सेवा सुविधा तथा वित्तीय साक्षरता प्रदान गरिएको थियो ।