
बैंकिङ खबर/ धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्ज पुनरसंरचना गरी पुँजीबजारको क्षमता एवं पारदर्शीता वृद्धि गर्ने सरकारको नीति रहेको छ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो पुँजीबजारको क्षमता एवं पारदर्शीता वृद्धि गर्ने सरकारको कार्यक्रम रहेको जानकारी दिए।
राष्ट्रपति पौडेललका अनुसार दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिनेछ। बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ती र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ती व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको नीति छ। नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने उनको भनाइ छ।