Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न कम्पनी स्थापना गरिने

२०८२ बैशाख १९ गते

बैंकिङ खबर/ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन्।

पौडेलले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा ब्यवस्थापनका लागि सम्पत्ति ब्यवस्थापन कम्पनी स्थापना गरिने छ’ पौडेलले भने ।