Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको आधारदर निरन्तर घट्दै

२०८२ बैशाख १७ गते

बैंकिङ खबर/ बैंकिङ खबर/वाणिज्य बैंकहरुको बेस रेट निरन्तर घट्दै गएको छ । हाल २० वटै वाणिज्य बैंकहरूले आधार दरलाई १० प्रतिशतभन्दा तल झारिसकेका छन् ।

वैशाखमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ६.३५ प्रतिशत कायम भएको छ । पछिल्लो १ महिना मात्रै बैंकहरुको औसत बेस रेट ०.१३ प्रतिशत विन्दुले घटेको छ ।

पछिल्लो तथ्यांक अनुसार स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम आधार दर कायम गरेको छ, जुन ५.०२ प्रतिशतमा झरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५.१४ प्रतिशत, एभरेष्ट बैंकको ५.४५ प्रतिशत, नेपाल बैंकको ५.८९ प्रतिशत, नबिल बैंकको ५.९७ प्रतिशत आधार दर रहेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.१० प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.३८ प्रतिशत, माछापुच्छ्रे बैंकको ६.३८ प्रतिशत, सानिमा बैंकको ६.४८ प्रतिशत, एनएमबि बैंकको ६.४९ प्रतिशत, सिद्धार्थ बैंकको ६.५३ प्रतिशत, सिटिजन्स बैंकको ६.६२ प्रतिशत, एसबिआई बैंकको ६.७३ प्रतिशत, हिमालयन बैंकको ६.७७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७८ प्रतिशत, प्रभु बैंकको ६.८२ प्रतिशत, कुमारी बैंकको ६.८८ प्रतिशत र प्राइम बैंकको ६.९० प्रतिशत आधार दर रहेको छ। एनआइसी एशिया बैंकको ७.३१ प्रतिशत आधार दर हाल सबैभन्दा उच्च रहेको छ ।