Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

विजय लघुवित्तमा रोजगारीको अवसर

२०८२ बैशाख १७ गते

बैंकिङ खबर/विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक पदमा ४ जना, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ३/३ जना स्थायी कर्मचारी माग गरेको छ।

कनिष्ठ सहायकका दुवै पदका लागि एसईई पास गरेकाले आवेदन दिन सक्नेछन् भने सहायकका लागि प्लस टू गरेको हुनु पर्नेछ। कम्प्यूटर सम्बन्धी ज्ञान भएको र बाइक लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्नेछ।