Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

करिब १ वर्षपछि जलविद्युत् कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

२०८२ बैशाख १६ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनीलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को अनुमति दिएको छ। करिब एक वर्षपछि बोर्डले जलविद्युत् कम्पनीको आईपीओ निष्काशन स्वीकृत गरेको हो।

बोर्डले अंकित मूल्यमा आईपीओ निष्काशनका लागि मंगलबार विकास हाइड्रोपावरलाई स्वीकृति दिएको हो। कम्पनीले सर्वसाधारण र स्थानीयका लागि ४४ करोड ५४ लाख बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता सेयर निष्काशनको अनुमति दिएको छ। कम्पनीले ५१ प्रतिशत सेयर संस्थापक र बाँकी ४९ प्रतिशत सेयर पब्लिकलाई छुट्याएको छ।