Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुन आयातका लागि सिफारिस पत्रमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

२०८२ बैशाख १६ गते

बैंकिङ खबर/ सुन आयातको स्वीकृतिका लागि सुन व्यवसायसम्बन्धी संघ वा महासंघबाट सिफारिस लिँदा आयातकर्ताले शुल्क तिर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले आयातकर्तालाई सिफारिस शुल्क नदिन आग्रह गरेको हो।

बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा व्यवस्था भएबमोजिम सिफारिस लिँदा कुनै शुल्क नलाग्ने जनाएको छ। बैंकले शुल्क नलाग्ने व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्दै सिफारिस लिन आउने आयातकर्ता वा व्यवसायीलाई नि:शुल्क सेवा दिन समेत निर्देशन दिएको छ।